धनुषामा एक हजार ९११ नयाँ उद्योग दर्ता  « Khabarhub

धनुषामा एक हजार ९११ नयाँ उद्योग दर्ता 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ को भन्दा बढी हो ।

यस्तै आव ०७८/०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । योसँगै धनुषामा  सङ्ख्या करिब २१ हजार पुगेको र वाणिज्यतर्फको सङ्ख्या करिब ३३ हजार पुगेको कार्यालयका प्रमुख देवकान्त झाले जानकारी दिए। 

यसअघि गत आव ०७७/०७८ मा उद्योगतर्फ एक हजार ८०४ र वाणिज्यतर्फ दुई हजार ६११ दर्ता भएको थियो । यसबाट दुई करोड ३८ लाख २० हजार ६०० राजस्व संकलन भएको थियो ।

यस्तै आव ०७८/०७९ मा उद्योगतर्फ ६६ वटा र वाणिज्यतर्फका ११९ वटा घरेलु तथा साना उद्योगको लागत कट्टा गरिएको छ भने उद्योगतर्फ ५९८ वटा र वाणिज्यतर्फ एक हजार २५९ वटाको नवीकरण गरिएको सो कार्यालयले जनाएको छ । आव ०७८/०७९ मा नयाँ उद्योग दर्तापश्चात् धनुषामा १० हजार ४८९ पुरुष र ७९ महिला गरी १० हजार ५६८ ले रोजगारी पाएका छन् । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेका पछि कृषि तथा वन्यजन्य उद्योग खुल्ने क्रम बढेसँगै घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ३६ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक