आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु « Khabarhub

आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुन्चेमा पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गर्नुभयो । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए । केन्द्र सञ्चालक समितिका अध्यक्ष दावा मिङ्मर तामाङका अनुसार  प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति रहेको र  उत्तरी रसुवाका करिब १० हजार बासिन्दालाई सेवा दिने लक्ष्य लिइएको  छ ।

भाडाका घरमा रहेको  केन्द्रलाई  साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा  व्यवस्थित गराई १५ शय्याको  अस्पताल सञ्चालन गराउन आफूले समन्वय गरिरहेको जिसस प्रमुख घिमिरेले बताए ।

ढिलै भए पनि आयुर्वेद पद्धतिको उपचार रसुवामा प्रभावकारी हुँदै गएको बताउँदै  गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ का वडाध्यक्ष  दावासिदार वाइवाले आफूले अस्पताल  सञ्चालन गराउने कार्यमा पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्लामा अब  रसुवा अस्पताल र जिल्ला आयुर्वेद केन्द्रसमेतका दुई प्रयोगशाला सेवाले काठमाडौँ तथा नुवाकोट त्रिशूलीमा  रिफरको समस्या हट्ने स्थानीय बासिन्दाको विश्वास  छ  ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै