‘स्पेसलाइज्ड ट्रेनिङ मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षण तालिम सम्पन्न « Khabarhub

‘स्पेसलाइज्ड ट्रेनिङ मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षण तालिम सम्पन्न


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सञ्चालित फास्ट एसीयन युनाइटेड नेसन ट्रेनिङ्ग अफ ट्रेनर्स कोर्ष फर द न्यु स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस यूएनपीओएल एसटीएम २०२१ प्रशिक्षक प्रशिक्षण तालिमको आज सोही प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच समापन गरेका छन् ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले  द इन्टरग्रेट ट्रेनिङ्ग सर्भिस (आईटीएस) या  अफ द डिपार्टमेन्ट पिस अप्रेशन (डीपीओ) या  द युएस डिपार्टमेन्ट अफ स्टेट ब्राउ अफ इन्टरनेश्नल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफियर्स (आइएनएएल) को सहकार्यमा सो प्रतिष्ठानले तालिम सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छवि उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरूको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिवृद्धि गर्न थप मद्दत पुर्‍याउने  विश्वास व्यक्त गरे ।  सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरुबीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रस्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिने अधिकारीहरूलाई थप टेवा पुग्ने समेत उल्लेख गरे ।

दश दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरूको सहभागी रहेका थिए । कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू बंशीराज दाहाल र कालिदास धौवजी, द इन्टरग्रेट ट्रेनिङ्ग सर्भिस ( आईटीएस)का प्रशिक्षकहरू लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरूको उपस्थिति रहेको थियो । 


 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ४१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र