पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित « Khabarhub

पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित भएको छ । अघिल्ला वर्षमा यतिबेलासम्म लगभग रोपाइँ सकिन्थ्यो । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ अझै २५ प्रतिशत रोपाइँ बाँकी छ । असार तेस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ भएकामा त्यसयता वर्षात् नभएपछि रोपाइँ ढिलो भएको हो ।

‘बीचमा एक हप्ताजति सुख्खा दिन परे, आकाशे पानीमा भर पर्ने खेतमा किसानले रोपाइँ गर्न पाएनन्’, केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, ‘केही दिनयता वर्षात् हुन थालेपछि किसानलाई केही राहत भने मिलेको छ, मौसमले साथ दिए साउन दोस्रो हप्तासम्ममा रोपाइँ सकिन्छ ।’

उनले जैमिनी नगरपालिकामा ६५ प्रतिशत र बलेवा क्षेत्रमा ६० प्रतिशत मात्र रोपाइँ भएको बताए । ती ठाउँका खेतमा मकै बाली पाक्न ढिलो भएका कारणले पनि रोपाइँ पछाडि धकेलिएको उनको भनाइ छ । जिल्लाको अरु भागमा भने रोपाइँ सकिएको छ ।

सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । धेरै धान खेती हुने गलकोटको मजुवा फाँट, चिसापानी, ब्राहमुरी, आँगाखेतलगायत ठाउँमा गत जेठमै रोपाइँ सकिएको थियो । ती क्षेत्रमा बाह्रैमास सिँचाइको सुविधा छ ।

केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, ग्वालीचौर, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भएपनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

जिल्लाको कुल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाउने गरिएको केन्द्रले जनाएको छ । ‘यस वर्ष धान खेती हुने क्षेत्रफल बढ्ने अनुमान छ’, प्रमुख भट्टराईले भने, ‘उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।’

परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जात रोज्ने गरेको उनको भनाइ छ । उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बिउ वितरण, बिज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ०४ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी