मालीको प्रमुख सैनिक अखडामा आतंककारी आक्रमण « Khabarhub

मालीको प्रमुख सैनिक अखडामा आतंककारी आक्रमण


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले देशको सबैभन्दा महत्वपूर्ण सैनिक अखडालाई लक्षित गरी आक्रमण गरेका छन् । राजधानी बामाको नजिकै रहेको सैनिक अखडालाई लक्षित गरी आक्रमणकारीले हमला गरेका हुन् ।

बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा शुक्रबार सबेरै गोलाबारी र विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण सुरु भएलगत्तै हाल मालीको शासन चलाइरहेको सैनिक सरकारका अन्तरिम राष्ट्रपति कर्णेल असिमी गोइटा राजधानी तर्फ भागेका थिए ।

हमलामा भएको हताहतीबारे कुनै विवरण सार्वजनिक गरिएको छैन । यद्यपि मालीको सुरक्षा बलले आक्रमणमा दुई जना आक्रमणकारीलाई ‘तटस्थ’ पारेको दाबी गरेको छ ।

मालीको सेनाले आक्रमण निस्तेज पारिदिएको दाबी गरेको छ । ‘मालियन सेनाले काटी आधार शिविरमा गराइएको आतंककारी आक्रमणलाई निस्तेज पारेको छ । बिहान सबेरै ५ बजे दुई कार बम विस्फोट भएका थिए ।’ मालीको सुरक्षा बलले सामाजिक सञ्जालमा ट्विटरमा जानकारी दिएको छ ।

काटी आधार शिविर मालीमा हालैका वर्षहरुमा भएका सैनिक विद्रोहको केन्द्रमा रहने गरेको छ । सन् २०१२ र सन् २०२२ मा दुईवटा सफल सैनिक तख्तापलट पनि यही आधार शिविरबाट सुरु भएको रोयटर्सले जनाएको छ ।

मालीमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहहरुले सैनिक तथा गैरसैनिक सार्वजनिक निशानालाई लक्षित गरी बेलाबेला यस्ता आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : १९ बजे

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास