विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर « Khabarhub

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्।

शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने पहल भइरहेको बताएका हुन् ।

ऐन कानून नभए पनि मानव संवेदनशीलताका हिसाबले राज्यले शव ल्याउने उनको भनाइ छ । त्यस्तै उनले विदेश जाने श्रमिकहरूलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे। सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए । उनले विदेशबाट श्रम र सिप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरूको पुँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ०८ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक