बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन « Khabarhub

बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा बैंकहरुले निक्षेपकर्ताहरुको पैसा फिर्ता नदिएसँगै व्यापक आक्रोश बढ्न थालेको छ ।

चीनको हेनान प्रान्तमा चारवटा स्थानीय ग्रामीण बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता दिन आलटाल गरेसँगै हजारौँ प्रदर्शनकारी प्रान्तीय राजधानी झेङजोउको सडकमा उत्रेका हुन् ।

ती बैंकहरुले गत अप्रिल महिनायता निक्षेपकर्ताको दशौँ लाख अमेरिकी डलर बराबरको रकम रोक्का गरेको जनाइएको छ । यसबाट हजारौ मानिसहरु प्रभावित भएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ बैंकहरुको यस्तो कदमपछि प्रदर्शनमा उत्रेका निक्षेपकर्तालाई तितरबितर बनाउन चिनियाँ प्रहरीले बल प्रयोग गरेका थिए ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार प्रदर्शनकारीको मागबारे चिनियाँ अधिकारीहरुले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पछिल्लो प्रदर्शनलाई चीनमा केही दशक यताकै सबैभन्दा ठूलो प्रदर्शनका रुपमा लिइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ०९ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।