विदेशी कम्पनीलाई खानी उत्खननको ठेक्का दिइएपछि पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

विदेशी कम्पनीलाई खानी उत्खननको ठेक्का दिइएपछि पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विदेशी कम्पनीलाई खानी उत्खननको ठेक्का दिएपछि पाकिस्तान प्रशासित कश्मीरको गिल्गिट बाल्टिस्तानका स्थानीयहरु आन्दोलित भएका छन् ।

गिल्गिट बाल्टिस्तानको नासिरावाद हुन्जा क्षेत्रका स्थानीयहरुले सरकारी कदमको विरोधस्वरुप काराकोरम राजमार्गका अवरुद्ध पारेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

डनका अनुसार स्थानीय संशाधनको स्वामित्व स्थानीयहरुसँग नै हुनुपर्ने माग गर्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

पाकिस्तानको खानी विभागले विदेशी लगानीकर्ताहरुसँग साँठगाँठ गरी खानी एवम् अन्य स्थानीय संशाधन विदेशी कम्पनीको जिम्मा लगाएको समेत प्रदर्शनकारीको आरोप छ ।

‘हामी यहाँका नदी, बाँधजस्ता स्रोतमा स्वामित्व चाहन्छौँ तर उनहिरु यहाँबाट उत्पादित विद्युत पाकिस्तानतर्फ आपूर्ति गरिरहेका छन् ।’ पाकिस्तानमा कश्मीरी अधिकारका अभियन्ता नासिर अजिज खानले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ४१ बजे

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो