गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन्। उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तर्क्रियामा अध्यक्ष तिमिल्सिनाले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तनलाई सही ढङ्गले अगाडि बढाउनका लागि राजनीतिक दलले आगामी दिनमा थप समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली जनताको बलिदानी र त्यागबाट सङ्घीय राज्यव्यवस्था स्थापित भएको बताउँदै यस व्यवस्था विरुद्ध हुने घेराबन्दीको विरोध गर्न अपिल गरे। उनले सङ्घीयतालाई बलियो बनाएमा देश समृद्ध हुने बताउँदै सङ्घीयता विरोधीले गरिरहेको हल्लालाई गलत साबित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरले संविधानले प्रदान गरेको अधिकारलाई सही ढङ्गले कार्यान्वयन गरेमा सङ्घीयता संस्थागत हुने बताए। सभामुख घर्तीले व्यवस्था विरुद्धमा आउने आवाजलाई सबै मिलेर आम जनतामा पुर्‍याउनुपर्ने बताए।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ५७ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०