अनाथ आश्रमलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

अनाथ आश्रमलाई आर्थिक सहयोग


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका छन्।

उनले सो आश्रमलाई प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरे । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आइतबार आयोजित एक समारोहमा समाजसेवी ढुङ्गानाले तुलसालय आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई सो रकमको चेक हस्तान्तरण गरे।

समाजसेवी ढुङ्गानाले उक्त तुलसालय आश्रमले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र मानसिक रोग भएकाको उद्धार र लालनपालन गरेको आफूले फेसबुकबाट जानकारी पाएर सो रकम सहयोग गरेको बताए । उनले आफू बाचुञ्जेल अब हरेक वर्ष रु एक लाख आर्थिक सहयोग सो आश्रमलाई उपलब्ध गराउने पनि सोही कार्यक्रममा घोषणा गरे।

उक्त आश्रमले अनाथ एवं असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा मानसिक रोग भएकालाई चाँगुनारायण र ललितपुर महानगरपालिका-२५ स्थित नख्खुटोलमा अलग अलग राखेर लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्दै आएको छ ।

हाल सो आश्रममा रहेका २६ बालबालिका विद्यालय जाने गरेका छन् भने विभिन्न उमेर समूहकाका ४४ जना उद्धारपछि आश्रममा आश्रित रहेका अध्यक्ष सुवेदीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएकामध्ये केहीलाई पुनःस्थापना गरिएको छ।

उनले आश्रममा रहेका बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन तथा मानसिक रोग भएकालाई उपचार सेवासमेतका लागि आर्थिक अभाव रहेका बेला आएको सो सहयोग र प्रतिबद्धताका लागि समाजसेवी ढुङ्गेलललाई धन्यवाद दिए।

सडकमा अलपत्र अवस्थामा भेटिएका यस्ता अनाथ एवं असहाय बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकलाई प्रहरीले आश्रममा ल्याइदिने तर नेपाल सरकार तथा स्थानीय सरकारले आफ्नो दायित्व बहन गरी यस्ता आश्रमलाई कुनै आर्थिक सहयोग नगर्ने भएकाले आश्रममा आश्रितको लालनपालनमै गाह्रो हुँदै गएको अध्यक्ष सुवेदीले बताए।

सो आश्रममा सातौँ छोरीका रुपमा जन्म लिएर पाँच मिनेटमा नै आमा गुमाउन पुगेकी हुम्लाकी आठ महिनाकी स्तुतिदेखि चिकित्सकका रुपमा २८ वर्षसम्म नेपाल सरकारको सेवा गरेका ६४ वर्षीय डा भगवानभक्त श्रेष्ठसम्म आश्रित छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : १५ बजे

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै