‘गोर्खा: बिनिथ द ब्रेभरीले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ’ « Khabarhub

‘गोर्खा: बिनिथ द ब्रेभरीले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ’


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माण भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन तयार अवस्थामा छन् ।

‘फिल्मले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ । ३६ घण्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी भिक्टोरिया क्रस पाउनुभयो भन्ने कथामा फिल्म बनेको छ । फिल्मले हामी गोर्खाली के हौँ भनेर संसारलाई चिनाउनेछ,’फिल्म प्रदर्शनका लागि नेपालमा रहेका निर्देशक प्रदीप भन्छन् ।

निर्देशक शाहीले गोर्खालीलाई संसारले युद्ध गर्ने सैनिकभन्दा पनि गोर्खा सैनिकमा मानवता पनि छ भन्ने सन्देश दिन फिल्म निर्माण गरेको बताए । फिल्म नेपालअघि बेलायत र अमेरिकामा प्रदर्शन भइसकेको छ ।

प्रदीपको ‘गोर्खा: बिनिथ द ब्रेभरी’ पहिलो निर्देशकीय फिचर फिल्म हो । यसअघि उनले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’लगायत थुप्रै सर्ट फिल्मको निर्देशन गरेर अन्तर्राष्ट्रिय अवार्डहरू जितिसकेका छन् ।

फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैँले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।

फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

 २५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । फिल्म यही कथाको वरपर बनेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : ३५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति