लिभरपुल र युनाइटेड आज राति भिड्दै « Khabarhub

लिभरपुल र युनाइटेड आज राति भिड्दै


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् ।

सुरुवाती दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ ।

नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा ब्राइटनसँग २–० को नतिजामा पराजित युनाइटेडले अहिलेसम्म एक गोल पनि गरेको छैन ।

यस्तै, दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४-० को पराजय भोगेको युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् ।

यता, लिभरपुल पनि तीन अंक खोस्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको लिभरपुलले अहिलेसम्म जित निकाल्न सकेको छैन । घरेलु मैदान एन्फिल्डमा भएको दोस्रो खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : ५१ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,