लिभरपुल र युनाइटेड आज राति भिड्दै « Khabarhub

लिभरपुल र युनाइटेड आज राति भिड्दै


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् ।

सुरुवाती दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ ।

नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा ब्राइटनसँग २–० को नतिजामा पराजित युनाइटेडले अहिलेसम्म एक गोल पनि गरेको छैन ।

यस्तै, दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४-० को पराजय भोगेको युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् ।

यता, लिभरपुल पनि तीन अंक खोस्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको लिभरपुलले अहिलेसम्म जित निकाल्न सकेको छैन । घरेलु मैदान एन्फिल्डमा भएको दोस्रो खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : ५१ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको