कर्णालीमा पहिलो कार्यकालमै बने २० जना मन्त्री « Khabarhub

कर्णालीमा पहिलो कार्यकालमै बने २० जना मन्त्री


६ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको संख्या दुई दर्जन नजिक पुगेको छ । हालसम्म प्रदेश सरकारमा दुईजना मुख्यमन्त्रीसहित २० जना मन्त्री बनेका छन् ।

सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बनेका छन् । माओवादीबाट एकजना मुख्यमन्त्रीसहित सातजना मन्त्री बनेका छन् । माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री हुन् भने उनको दलबाट हालसम्म विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसकेका छन् ।

माओवादीले गैरसांसदलाई समेत मन्त्री बनाएको छ । उसले प्रदेशसभा सदस्य नरहेका छिरिङ डम्डुल लामालाई मन्त्री बनाएको हो । उनको ६ महिने कार्यकाल सकिएको छ । मन्त्री बनाउनेमा एकीकृत समाजवादी दोस्रो नम्बरमा छ । एकीकृत समाजवादीबाट ६ जना मन्त्री बनेका छन् । एमालेमा छँदै प्रकाश ज्वाला र नन्दसिंह बूढा मन्त्री बनेका थिए । त्यसपछि फ्लोर क्रस गरेर बूढासहित कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्री बने भने एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बनिसकेपछि चन्द्रबहादुर शाही र पदम रोकायले पनि मन्त्री बन्ने अवसर पाइसकेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु  श्रेष्ठ, यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन् । सामाजिक विकासमन्त्री बूढाक्षेत्री दोस्रो पटक मन्त्री बनेका हुन् । एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री बनेका छन् । उनीहरु एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बनेका थिए । कर्णाली प्रदेशको दोस्रो कार्यकालका लागि आगामी ४ मङ्सिरमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ३ : २३ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन