कर्णालीमा पहिलो कार्यकालमै बने २० जना मन्त्री « Khabarhub

कर्णालीमा पहिलो कार्यकालमै बने २० जना मन्त्री


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको संख्या दुई दर्जन नजिक पुगेको छ । हालसम्म प्रदेश सरकारमा दुईजना मुख्यमन्त्रीसहित २० जना मन्त्री बनेका छन् ।

सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बनेका छन् । माओवादीबाट एकजना मुख्यमन्त्रीसहित सातजना मन्त्री बनेका छन् । माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री हुन् भने उनको दलबाट हालसम्म विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसकेका छन् ।

माओवादीले गैरसांसदलाई समेत मन्त्री बनाएको छ । उसले प्रदेशसभा सदस्य नरहेका छिरिङ डम्डुल लामालाई मन्त्री बनाएको हो । उनको ६ महिने कार्यकाल सकिएको छ । मन्त्री बनाउनेमा एकीकृत समाजवादी दोस्रो नम्बरमा छ । एकीकृत समाजवादीबाट ६ जना मन्त्री बनेका छन् । एमालेमा छँदै प्रकाश ज्वाला र नन्दसिंह बूढा मन्त्री बनेका थिए । त्यसपछि फ्लोर क्रस गरेर बूढासहित कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्री बने भने एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बनिसकेपछि चन्द्रबहादुर शाही र पदम रोकायले पनि मन्त्री बन्ने अवसर पाइसकेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु  श्रेष्ठ, यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन् । सामाजिक विकासमन्त्री बूढाक्षेत्री दोस्रो पटक मन्त्री बनेका हुन् । एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री बनेका छन् । उनीहरु एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बनेका थिए । कर्णाली प्रदेशको दोस्रो कार्यकालका लागि आगामी ४ मङ्सिरमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : २३ बजे

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप

सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९