भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दश हजारभन्दा कम, ३६ को मृत्यु « Khabarhub

भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दश हजारभन्दा कम, ३६ को मृत्यु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित  हुनेको सङ्ख्या दश हजार भन्दा कम भएको छ ।

यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : २५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार