गठबन्धन बैठक : सिट बाँडफाँड निष्कर्ष नजिक पुग्यो « Khabarhub

गठबन्धन बैठक : सिट बाँडफाँड निष्कर्ष नजिक पुग्यो


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। बैठकमा सिट बाँडफाँडका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाइ छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुन बैठक बस्ने र थप छलफल हुने जानकारी दिए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड गरेर चुनाव जाने सहमति भएको छ तर सिट बाँडफाँडको विषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ४५ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि