मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : राजेन्द्र महतो « Khabarhub

मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : राजेन्द्र महतो


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा मधेसी, आदिवासी, जनजाति, मुस्लिम, सीमान्तकृतलगायत समुदायको पूर्ण अधिकार अझै पनि सुनिश्चित नभएको बताए ।

सप्तरीको राजविराजमा लोसपा नेपालले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता महतोले भने, ‘मधेसी जनताको अधिकार प्राप्तिका लागि आफूहरुको सङ्घर्ष जारी छ ।’

कार्यक्रममा नेता शरत्सिंह भण्डारीले निर्वाचनमा गठबन्धन बाध्यता रहेको भन्दै आफूहरू लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको बताए ।

‘बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरी हामीले त्यस्तो विचार मिल्ने दलसँग गठबन्धन बनाउँछौँ’, उनले बताए ।

लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षमा भएको कार्यक्रममा लोसपाका अर्का नेता अनिल झाका साथै जयप्रकाश ठाकुर, मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवले जनताको अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : ०५ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल