कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ « Khabarhub

कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

विश्व सम्पदा सूचीमा परेका हनुमानढोकास्थित दरबार क्षेत्र र स्वयम्भूसम्मको दूरीलाई पदमार्गस्थलका रुपमा व्यवस्थित गरी सम्पदामार्गदेखि सम्पदामार्गसम्मको कार्यक्रमको प्रक्रियासमेत सुरु गरिएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकाका विभिन्न सात सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएकामा यी दुवै स्थान पर्ने र करिब तीन किलोसमटरको दूरीमा रहेको उनको भनाइ थियो ।

पर्यटन प्रवद्धन लागि पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार ल्याउँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : २० बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु