अनुहार चम्काउन युवायुवती ‘हाइड्राफेसियल’ गर्छन् « Khabarhub

अनुहार चम्काउन युवायुवती ‘हाइड्राफेसियल’ गर्छन्



काठमाडौं- पछिल्लो समय सुन्दर देखिनका लागि केहीले बजारका अनेकौँ सामग्रीहरू प्रयोग गर्छन् । त्यसमा पनि युवा माझ पछिल्लो समय हाइड्राफेसियल लोकप्रिय बन्दै गएको छ । घाम, धुलो र धुवाबाट बच्नको लागि मानिसहरू फेसियल गर्ने गर्दछन् । हाइड्राफेसियल गर्दा प्रयोग हुने हाइड्रा–सक्सन मेसिनले अनुहारको डेड–सेल निकालिन्छ । साथै यसमा प्रयोग हुने पानीमा विभिन्न भिटामिन सेरम मिसाइएको हुन्छ । जसले छालाको फोहोर निकाली चम्किलो बनाउने काम गर्छ । हामीले जुन दिनहुँ मुख धुने, व्यायाम गर्ने गर्दा अनुहारमा फरक देखिन थाल्छ, त्यो हाइड्राफेसियलले एकैछिनमा गरिदिन्छ । यसै विषयमा आधारित भएर अल्का अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. राजन बात्स्यासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

युवापुस्तामा लोकप्रिय बन्दै गएको हाइड्राफेसियल भनेको के हो ?
हाइड्रा भनेको पानी र फेसियल भनेको अनुहार सफा र चम्किलो बनाउने काम अर्थात पानीबाट गर्ने ट्रिटमेन्टलाई हाइड्राफेसियल भनिन्छ । यसमा सफा गर्ने र मरेको सेलहरू निकाल्ने गरिन्छ ।

यो कसरी गरिन्छ ?
यो हाइड्राफेसियल गर्ने क्रममा जुन पानी हुन्छ, त्यो पानी त्यसमा विशेष किसिमको पानीहरू मिलाएको हुन्छ । त्यसमा कुन ठाउँमा गर्ने आँखाको वरिपरि गरिन्छ । त्यो केमिकलहरूको नलेज भएकोले गर्दा राम्रो हुन्छ ।

यो कस्तो व्यक्तिले गर्याे भने राम्रो हो ?
सबैले गर्न मिल्छ । यसले पिम्पलहरू हटाउन धेरै मद्दत गर्दछ । धेरै छालाको केयर गर्ने मान्छेहरूले गर्नु हुन्छ ।

ब्युटी पार्लर गरिने फेसियल र यो अस्पतालमा गरिने हाइड्राफेसियलमा के फरक छ ?
हाइड्राफेसियलमा एउटा मेसिन हुन्छ । त्यसले मसाज गर्ने हुन्छ, यसले ब्लड सर्कुलर मिलाउँछ । पार्लरमा हातले गरिन्छ भने हामी मेसिनले नै सबै गछौँ । सुरुमा सबै प्वालहरू सफा गरिन्छ ।

जस्तो छालाको लागि एउटै तरिकाले गरिन्छ कि कस्तो हुन्छ ?
प्रेसर मिलाउनु पर्दछ । कसैको कमलो स्किन हुन्छ । कसैको पिम्पल हुन्छ । त्यसका आधारमा हामीले कुन केमिकल लगाउने भनेर गछौँ ।

अस्पतालमा गएपछि कसरी प्रोसेस सुरु हुन्छ ?
कुनै स्किनमा रोग छ ।कुनै औषधि खानु भएको छ भने गर्न मिल्दैन । नभए आएर गर्दा हुन्छ । यसको समय १५ देखि २० मिनेट लाग्छ ।

एक पटक हाइड्राफेसियल गरेपछि पटक पटक गर्नु पर्दछ कि पर्दैन ?
छाला फेर्ने प्रक्रिया त हुन्छ । तर भिटामिनहरू लगाउँदा एक महिनाको फरकमा गर्दा हुन्छ । धेरै फेस केयर गर्न नसक्ने मान्छेले यो गर्ने हो ।

साइड इफेक्ट हुन्छ कि हुँदैन ?
कुनै रोग छ भने गर्नु हुँदैन । नभए सबै मान्छेले गर्दा हुन्छ । छाला घाममा जोगिन नसक्ने मान्छेहरूले पनि गर्न मिल्छ । कुनै डर मान्नु पर्दैन ।

कति लाग्छ यसको लागत ?
समय अनुसार फरक पर्दछ । हाम्रोमा २५०० देखि ४००० सम्म लाग्छ । नियमित केयर गर्ने घाममा धेरै नजाने गर्दा राम्रो हुन्छ । ट्रिटमेन्ट नै गर्नु पर्दछ । पानी खाने । कोक फेन्टाहरु धेरै नखाने धेरै नुहाउने मान्छेले धेरै साबुन प्रयोग गर्नु हुँदैन । नुहाउन साथ बढी लोसनहरु लगाउने गर्दा धेरै राम्रो हुन्छ ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ५९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको