दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा « Khabarhub

दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा



दोहा – संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ पुरस्कार जितेका छन्।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले यूएईको चर्चित मजुज चिट्ठा जितेका हुन्। यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ। साप्ताहिक रूपमा खुल्ने यो चिट्ठामा उनले दुई वर्षदेखि चिट्ठा काटिरहेका थिए।

मजुजका सीईओ फरिद सामजीले प्रतीकात्मक चेक हस्तान्तरण गर्ने कार्यक्रममा उनले भने, ‘म अत्यधिक उत्साहित छु। यो १० मिलियन दिराम पुरस्कारले मलाई धेरै परिवर्तन गर्न सक्षम बनाउने छ। यसले मेरो जीवनमा ठूलो परिवर्तन गर्नेछ।’ अहिले आफू करोडपति भए पनि सादा जीवन बाँच्ने बताए।

उनले थपे, ‘म मेरो ऋण र अन्य बाँकी पैसा बालबच्चाको पढाइमा खर्च गर्नेछु।’ चिट्ठा जित्ने आसमा धेरै नेपालीहरूले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै मजुजका सीईओ सामजीले बिकको जीतले नै नेपाली समुदायमा खुसी छाएको बताएको गल्फ न्युजले जनाएको छ।

अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिट्ठा जितिसकेका छन्। जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिट्ठा जितेको सीईओ सामजीले बताए। बिक मासिक १३ सय दिराममा त्यहाँको एक कम्पनीमा कार धुने कम्पनीमा कार्यरत रहेका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ५३ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु