हय्या कार्ड नभएका भिजिटरले नोभेम्बरदेखि कतार प्रवेश नपाउने  « Khabarhub

हय्या कार्ड नभएका भिजिटरले नोभेम्बरदेखि कतार प्रवेश नपाउने 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दोहा – फिफा विश्वकपलाई मध्यनजर गर्दा हय्या कार्ड नभएका भिजिटरहरूलाई नोभेम्बरदेखि कतार प्रवेशमा रोक लगाइने भएको छ।

कतारको गृह मन्त्रालयका अनुसार विश्वकपको हय्या भएका भिजिटरहरुलाई मात्र प्रवेश गर्न अनुमति दिने भएको हो।

आगामी नोभेम्बर १ तारिखदेखि हय्या कार्ड नभएकाहरुलाई हवाई, स्थल र समुद्री नाकाबाट कतार प्रवेशमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यो नियम आगामी डिसेम्बर २३ तारिखसम्म जारी रहनेछ।  तर कतारी नागरिक, कतारको आइडी होल्डर र कतारको वर्किंग भिषा प्राप्त गरेकालाई अपवाद स्वरूप छुट दिइनेछ। साथै हय्या कार्ड होल्डरहरू २३ जनवरी २०२३ सम्म कतारमै बस्न दिइने छ।

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ७ : ०१ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।