अख्तियारले गर्‍यो एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर « Khabarhub

अख्तियारले गर्‍यो एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धित मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ ।

दायर गरिएका मुद्दामध्ये सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३५ वटा, गैरकानुनी लाभ हानिसँग सम्बन्धित ३४ वटा, घुससँग सम्बन्धित ३२ वटा, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ७ वटा, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ६ वटा, राजस्व चुहावट सम्बन्धित ५ वटा र विविध विषयसँग सम्बन्धित १२ वटा रहेका छन् ।

अख्तियारका अनुसार १३१ वटा भ्रष्टाचार मुद्दा दायर गर्दा ६३९ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीसँग कुल २ अर्ब ७९ करोड २७ लाख ४८ हजार १०० रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अख्तियारले ११३ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा ४४३ जनालाई प्रतिबादी बनाइएको थियो । उनीहरूसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगले घुस सम्बन्धी ३२ वटा मुद्दा दायर गरेको छ जुन संख्या अघिल्लो आर्थिक वर्षको भन्दा केही कम हो । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ७० रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि