जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : मन्त्री चौधरी  « Khabarhub

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : मन्त्री चौधरी 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

असोज- सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् ।

जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरूको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’

जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने जनाए ।

‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ । बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छैन । काम निर्धारित समयभित्रै सक्नुस् । काम गर्दा गुणस्तरीयतामा कमी नहोस् । तपाईंहरुले पनि निरन्तर आयोजनाहरूको निगरानी गर्नुस्,’ उनले भने ।

यस आयोजना अन्तर्गत जलेश्वर–२ मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नति, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नति, जनकपुरधाम स्थित रामजानकी कट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नति, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नति लगायतका योजनाहरू रहेका छन् । आयोजनाको कुल अनुमानित लागत  १० करोड रुपैयाँ  रहेको छ ।

त्यसैगरि सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नति कार्यको पनि शिलान्यास गरेका छन् । जस अन्तर्गत २.२ कि. मि. लम्बाईमा १६ मि. चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ बिरुवा रोपेर हरियाली कायम गरिने जनाइएको छ । यस आयोजनाको अनुमानित लागत २० करोड रुपैयाँ रहेको छ ।

पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग जनकपुर ओर्लेका मन्त्री चौधरी, डा. यादवले जनकपुर नगरपालिका–९ स्थित सरस्वती मावि परिसरको भौतिक पूर्वाधार सहित सडक नाला, पोखरी सौन्दर्यीकरण तथा वातावरण सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रममा समेत सामेल भएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १२ : २० बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै