पर्सा प्राणी उद्यान चिडियाखानाले समृद्धि ल्याउँछ : मन्त्री यादव « Khabarhub

पर्सा प्राणी उद्यान चिडियाखानाले समृद्धि ल्याउँछ : मन्त्री यादव


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले जिल्लाको समृद्धि तथा विकास ल्याउने बताएका छन् ।

वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडियाखानाको आज शिलान्यास गर्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीय स्थल नभएको र हाल निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले यहाँ समृद्धि र विकास ल्याउने विश्वास व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

उनले भने, “पर्सामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि र यहाँको समृद्धिसहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरेको छु, अब यहाँ पर्यटकको सङ्ख्या वृद्धि हुनुका साथै, यहाँको विकासमा थप टेवा पुग्ने छ ।” मन्त्री यादवले आफू मन्त्री भएपछि पर्सामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर उक्त कार्य सफल भएको बताए।

पर्सावासीको आय स्तरमा वृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौँ पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताए। उनले भने, “पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रवर्द्धनसहित त्यहाँका नागरिकको आर्थिक स्तरमा वृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।” वीरगञ्जमा चिडियाखानाका लागि लामो समयदेखि पहल भए पनि निर्माणका लागि अनुमतिप्राप्त हुन सकेको थिएन ।

पर्सा र बाराको बीचमा निर्माण गरिन लागेको उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवको विश्वास छ ।

उक्त चिडियाखाना रु एक अर्ब एक करोड सात लाखमा निर्माण गरिन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए। उनका अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । चिडियाखानाको क्षेत्रफलभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ । उक्त चिडियाखाना वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडियाखाना स्थापनाका लागि सहमति दिएको थियो ।

सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घाँस बुट्यान क्षेत्रले ३९.४ हेक्टर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिलेकँहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुँगा, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडियाखाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १ : १४ बजे

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र