एनएमबि बैंक र सिप्रदिबीच सहकार्य « Khabarhub

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्छ।

जसमा ८०% फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जनाइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले उक्त समझदारी गरेको छ । यसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरू समावेश गरिएको छ । एनएमबिको उक्त कर्जा योजना, व्यवसायसंग सँगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि रहेको जनाइएको छ । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ ।   

उक्त योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।  

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १ : ३३ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न