मेक्सिकोमा शक्तिशाली भूकम्प « Khabarhub

मेक्सिकोमा शक्तिशाली भूकम्प


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी- मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।

६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौँ किलोमिटर टाढा हजारौँ भवनमा क्षति पुर्‍याएको थियो । यस भूकम्प आतङ्क फैलाएको थियो ।

स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए ।

मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताएका छन् । भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उनले ट्वीट गरेका छन्।

राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीका अनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो, यद्यपी युएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ ।

सन् १९८५ र २०१७ मा गएको दुई वटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौँ मानिसले आपत्कालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो ।

सन् १९८५ सेप्टेम्बर १९ मा आएको ८.१ म्याग्निच्युडको भूकम्पले दश हजार भन्दा बढी मानिसको ज्यान गएको थियो र सयौँ भवनहरू ध्वस्त भएको थियो । सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी मारिएका व्यक्तिहरू प्राय राजधानी सहरका रहेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ३ : १२ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण