वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना हटाइयो « Khabarhub

वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना हटाइयो


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेको अनधिकृत संरचना हटाएको छ । 

बिहीबार डोजर लगाएर महानगरले अस्पताल अगाडि फार्मेसी रहेका टहराहरुलाई हटाएको हो । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरू हटाउन सूचना जारी गरेको महानगरले जनाएको छ ।

अस्पताल प्रशासनले औषधी पसल हटाउन जानकारी गराएको र महानगरले समेत सूचना जारी गर्दा पनि पसलहरू सञ्चालनमा रहेपछि डोजर लगाएर संरचना नै भत्काउनु परेको काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डले जानकारी दिए ।

वीर अस्पतालले बनाएको नयाँ भवनका बाहिरी भागमा बगैंचा राख्ने अनुमति लिएर नक्सा पास गरेकाले संरचना हटाइएको उनले बताए

महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरूले सामानहरू निकालेका थिए । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ५० बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित