इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या « Khabarhub

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इलाम- चुलाचुली गाउँपालिका–५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

झ्याम्ले समेतका ५÷७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए ।

गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ पेल्टिमारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : १३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा