अवैध लागूऔषधसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

 अवैध लागूऔषधसहित पाँच जना पक्राउ


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट ३२ केजी गाँजासहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् ।

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको रंगेली नगरपालिका–७ निचामारी पुलबाट करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को.३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : २७ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा