जी ७ द्वारा सैनिक परिचालन गर्ने रुसी कदमको निन्दा, थप प्रतिबन्धको तयारी « Khabarhub

जी ७ द्वारा सैनिक परिचालन गर्ने रुसी कदमको निन्दा, थप प्रतिबन्धको तयारी


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका ७ ठूला अर्थतन्त्रको समूह जी ७ का विदेशमन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् । यस समूहका मन्त्रीहरूले युक्रेनमा उत्तेजना बढाउने रुसी कदमहरूको निन्दा समेत गरेका छन् ।

जी ७ का नेताहरुले अझ थप लक्षित प्रतिबन्धहरु लगाउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् ।

‘हामी अध्ययन गर्नेछौं, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि पत्रकारहरूलाई भने ।

क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी ७ मन्त्रीहरु,साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गरेका छन् ।

रुसी सैनिकको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उनीहरुको भनाइ छ । उनीहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्र युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : ५५ बजे

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई