अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेका हुन्।

छनोट हुने नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की छन् । यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र रञ्जित धिमाल रहेका छन् । मिडफिल्डरमा सेसेहाङ आङदम्बे, तेज तामाङ, विशाल राई एरिक विष्ट, सुरजज्यू ठकुरी, सुदीप गुरुङ र सुजल श्रेष्ठ छन् ।

फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का मनिष डाँगी अन्जन विष्ट र आशिष चौधरी रहेका छन् ।  टोलीमा थ्रिस्टार क्लबका खेलाडी रितिक खड्का र चर्च ब्वाइज युनियन क्लबका आशिष चौधरी टोलीमा नयाँ खेलाडी हुन् । नेपाल र बङ्गलादेशबीचको खेल यही असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ५ : ३५ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको