रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण « Khabarhub

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो ।

रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपाण्डाको संरक्षणमा क्रियाशील संस्था रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेको हो । रेडपाण्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्ष अघिदेखि नै बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका–११ फुरुम्बुमा १३ वटा कुकुरको बन्ध्याकरण गरिएको मञ्चले जनाएको छ । गत वर्ष ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिए । बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपाण्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।

कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि शिकार गर्न नरुचाउने हुँदा रेडपाण्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपाण्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालो समेतलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालिएको राईले बताए ।

उनका अनुसार गत हप्ता मात्र चार सय तीन वटा कुकुर र ४२ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ । रेडपाण्डा पाइने फुङ्लिङ–११ फावाखोला क्षेत्रमा २७ वटा कुकुर र पाँच वटा बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको र उक्त कुकुरलाई भिटामिन पनि खुवाइएको छ ।

फुङ्लिङ–१० फुरुम्बु क्षेत्र र पाथीभरा क्षेत्र गरी एक सय १७ वटा कुकुर र दुई वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गे र थेचम्बु क्षेत्रमा ६४ वटा कुकुर र दुई वटा कुकुरलाई खोप र भिटामिन दिइएको मञ्चले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका सिकैचा, खेवाङ र याम्फुदिन क्षेत्रमा एक सय ६५ वटा कुकुर र २३ वटा बिरालो रेविजविरुद्धको खोप र जुकाको औषधि साथै भिटामिन उपलब्ध गराइएको छ । मिक्वाखो गाउँपालिकाको साँवा र पापुङ क्षेत्रमा २९ वटा कुकुर र पाँच वटा बिरालोलाई बिरालो रेबिजविरुद्धको खोप र जुकाको औषधि साथै भिटामिन उपलब्ध गराइएको मञ्चका सचिव विवश केदेमले जानकारी दिए ।

केदेमका अनुसार रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर रहेका छन् । रेडपाण्डाको चरन क्षेत्र तथा बासस्थान नजिकै रहेको घरपालुवा र सामुदायिक कुकुर तथा बिरालोलाई रेबिजविद्धको खोप, जुकाको औषधि र भिटामिन उपलब्ध गराइएको पनि मञ्चले जनाएको छ ।

मञ्चले रेडपाण्डा बासस्थान नजिकै रहेको कुकुर बिरालोलाई विगत पाँच वर्षदेखि बन्ध्याकरण गर्ने, जुकाको औषधि र भिटामिन जस्ता औषधि उपलब्ध गराउँदै आएको छ । गत वर्ष ८५ वटा कुकुरको बन्ध्याकरण गरिको थियो । चार सय १४ वटा कुकुर र १९ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप, जुकाको औषधि र भिटामिन उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ९ : १५ बजे

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी