असंवैधानिक कदमको सुरुवात रामवरणबाट भएको थियो : बाबुराम भट्टराई | Khabarhub Khabarhub

असंवैधानिक कदमको सुरुवात रामवरणबाट भएको थियो : बाबुराम भट्टराई


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदमको सुरुवात तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेको आरोप लगाएका छन् ।

बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको बताउँदै त्यतिबेला राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको सुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ छ।

‘त्यतिबेला हामीलाई के आरोप लगाइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए। वास्तवमा दुई वटा सेनाको ठिक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रिकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो,’ भट्टराईले भने, ‘तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले रोकियो। पछिल्लो समय अहिले राष्ट्रपतिको असंवैधानिक कदम आएको छ। तर असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो।’

उनले तत्कालीन विद्रोही माओवादी र सत्तारुढ दलहरुका बीचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको पनि बताए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ९ : ५० बजे

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको