इरानमा जारी आन्दोलनका कारण १७ जनाको मृत्यु « Khabarhub

इरानमा जारी आन्दोलनका कारण १७ जनाको मृत्यु


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पेरिस – कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।

२२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ‘अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउपछि हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर्जना गरेको विरोधप्रदर्शनलाई पछिल्ला केही दशक यता भएका सबैभन्दा ठूला आन्दोलनमध्ये एक आन्दोलनका रूपमा हेरिएको छ ।

‘तानाशाहको मृत्यु’ र ‘महिला, जीवन, स्वतन्त्रता’, प्रदर्शनकारीहरूले अनलाइनमा शेयर गरिएको भिडियोमा चिच्याएको सुन्न सकिन्छ ।

झडपमा मारिएकामध्ये प्रहरी र मिलिसियाका अधिकारीहरू पनि रहेको सरकारी टेलिभिजनले जनाएको छ भने विदेशमा रहेका मानव अधिकारवादी समूहहरूले अझै धेरै व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ ।

इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।

न्युयोर्कदेखि इस्तानबुलसम्म भएको ऐक्यबद्धता प्रदर्शनमा प्रतिध्वनित कडा ड्रेस कोडको विरोधमा केही महिलाहरूले आफ्नो स्कार्फ जलाएका छन् र प्रतीकात्मक रूपमा कपाल काटेका छन्।

तेहरानबाट पक्राउ परेकी मृतक अमिनीको टाउकोमा गम्भीर चोट लागेको भेटिएको अधिकारकर्मीहरूले दावी गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : ३६ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम