राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा : खेलकुदमन्त्री गहतराज « Khabarhub

राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा : खेलकुदमन्त्री गहतराज


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिले नै मिति घोषणा गरिएको बताएका छन्।

पोखरामा शुक्रबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उनले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म  नहुने अवस्था अब नआउने उल्लेख गरे। हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उनको भनाइ छ।

मन्त्री गहतराजले भने, ‘हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ। कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ।’

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वबीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताए।

नवौँ राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सहज बनेको उनको भनाइ छ। पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चार जगतलगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उनले आभार व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँमा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताए। उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए।

प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्ट सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौ जना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए। प्रतियोगिता सफल भएकामा उनले सबैप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ०० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको