‘महापुरुष’ छोराछोरी र बुबाआमा दुवैले हेर्नुपर्छ : हरिवंश आचार्य | Khabarhub Khabarhub

‘महापुरुष’ छोराछोरी र बुबाआमा दुवैले हेर्नुपर्छ : हरिवंश आचार्य


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिका निभाइसकेका  छन् । तीमध्ये उनलाई सम्झाउने मध्येको एक हो ‘बलिदान’फिल्मको भूमिका । आचार्य अहिले ‘महापुरुष’ मा पनि उस्तै भूमिका पाएको बताउँछन् ।

‘बलिदान पश्चात् गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्राय: यस्ता भूमिका अफर हुँदैनन् । म झैँ दर्शकलाई पनि यो उत्कृष्ट लाग्ने विश्वास छ’, अभिनेता आचार्यले भने । फिल्ममा उनले एकल अभिभावकको भूमिका निर्वाह गरेका छन् । फिल्मले हँसाउँदा हँसाउँदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने उनी बत्ताउँछन् ।

‘म काठमाडौं बाहिरका सात सहर समेत घुमेर फर्किएको छु । दर्शकले कन्टेन भएको मनोरञ्जनात्मक फिल्म हेर्न चाहेका छन् । उहाँहरूको लागि महापुरुष पर्फेक्ट फिल्म हुनेछ’, उनले भनेका छन् ।

फिल्म हेर्दा आफ्नै जीवनसँग मेल खाए जस्तो देखिएता पनि त्यस्तो नभएको उनले सुनाए। ‘मैले पनि यो अवस्था पार गरेको छु । हेर्दा मेरै कथा जस्तो लाग्ला तर होइन।’ किनकि मलाई छोराछोरी सबैले साथ दिएका थिएँ । फिल्ममा सन्तानले बुवा आमालाई बुझ्नु पर्छ भन्ने देखाउन खोजेका छौँ’, अभिनेता आचार्यले भने । आफूले दोस्रो विवाह गरेकोले बिस्तारै अभिनयमा फर्किन मद्दत पुगेको उनले बताए ।

‘श्रीमतीको साथले नै काममा फर्किन सकेको हुँ । गर्नै पर्ने थियो । समयमै गरे । नगरेको भए पछुताउने रहेछु’, उनले भने । एक्लोपनबाट ग्रसित अभिभावक सामाजिक घेराबन्दीका कारण आफ्नो इच्छा दबाएर बस्नु आफैँमा पिडा हुने निर्देशक भट्टराई बत्ताउँछन् । ‘हामीले समाजको गलत मान्यतालाई तोड्ने प्रयास गरेका छौँ । विषय सरल लागेता पनि गम्भीर छ । तर हामीले पूर्ण मनोरञ्जनात्मक शैलीमा कथा भनेका छौँ’, निर्देशक भट्टराईले भने । उनले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा फिल्मको माध्यमबाट देखाउन खोजिएको बताए ।

अभिनेता आचार्यले फिल्मले उठान गर्न खोजेको विषय र त्यसलाई बुनिएको पटकथाले आफू अभिनय गर्न तयार रहेको बताए । उनले निर्देशक भट्टराईलाई सरल प्रस्तुतिमा कथा भन्न सक्ने निर्देशकको रुपमा तारिफ गर्ने गरेका छन् । अभिनेता आचार्य भन्छन्,‘प्रदीप भाइले विषय सुनाउँदा नै यो भन्नु पर्ने कथा हो भन्ने लाग्यो । उनले गम्भीर विषयलाई सबैले बुझ्ने गरी सरल प्रस्तुति दिएका छन् । फिल्मले गाउँ, समाज, छिमेककै कथा भन्छ ।’

‘मोफसल भ्रमण’ गरेर काठमाडौं फर्किएका अभिनेता आचार्यसँगै फिल्मका अन्य कलाकारहरू शनिबार साँझ नयाँ बानेश्वरमा आयोजना हुने ’देउसी भैलो’ कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला लगायत हुनेछन् ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरुष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ।

यसै फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दैछन् । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन्। उनी यस पटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य, शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ३४ बजे

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से 

काठमाडौं– शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको

महानगरभित्र ११ ब्रान्डका पानीमा कोलिफर्म भेटियो, विक्री वितरणमा रोक

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि

नागरिकले ज्यान बचाउन गुहार मागिरहँदा माला थाप्न ब्यस्त थिए कार्यवाहक प्रधानमन्त्री

काठमाडौं- शनिबार सबेरै बिहान ललितपुरको नख्खु खोलाले घेरेपछि घण्टौंसम्म गुहार

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

काठमाडौं– पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको

पृथ्वीराजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्ग तीन दिनदेखि अवरुद्ध

तनहुँ– पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा रहेको बुद्धसिंह मार्ग तीन दिनदेखि