तालिबानको कारवाहीमा परी अफगानिस्तानमा ६ आईएस लडाकु मारिए « Khabarhub

तालिबानको कारवाहीमा परी अफगानिस्तानमा ६ आईएस लडाकु मारिए


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विशेष दस्ताले राजधानी काबुलमा प्रतिद्वन्द्वी लडाकु समूह इस्लामिक स्टेट (आईएस) का सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरेको छ ।

आक्रमणमा छ जना लडाकु मारिएको तालिबानको नेतृत्वमा रहेको कार्यवाहक अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् ।

प्रवक्ता मुजाहिदका अनुसार इस्लामिक इमिरेटको विशेष एकाइहरूको बलले हिजो आईएस लडाकुहरूको लुकेको ठाउँ पत्ता लगाई दुई जना लडाकुहरू पक्राउ गरेको थियो । अफगानिस्तानमा शासन गरिरहेको तालिबानले आफूलाई इस्लामिक इमिरेट भनी चिनाउने गरेको छ ।

मारिएका केही लडाकुहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न रहेको जनाइएको छ । ती आक्रमणमा केही हप्ता अघि दर्जनौं मानिसहरूको ज्यान गएको थियो ।

मुजाहिदले कारवाहीका क्रममा एक सुरक्षाकर्मी पनि मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् ।

अफगानिस्तानमा आईएस समूह विरुद्ध तालिबानको यो दोस्रो कारवाही हो । केही दिन अघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले गरेको यस्तै कारवाहीमा पाँच आईएस लडाकु मारिएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ३३ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप