बढ्दो चिनियाँ प्रभावबीच रक्षा सहयोग बढाउन जापान र अष्ट्रेलिया सहमत « Khabarhub

बढ्दो चिनियाँ प्रभावबीच रक्षा सहयोग बढाउन जापान र अष्ट्रेलिया सहमत


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र उनका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमती जनाएका छन् ।

अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदाले अष्ट्रेलियाका समकक्षी अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरूविरुद्ध कदम चाल्न सहमत भएको जापानको क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि चयन हुँदै गर्दा चीनले ताइवान विरुद्ध आफ्नो सैन्य उत्तेजनालाई तीव्र पार्ने चिन्ताका बीच उनीहरू बीच भएको सो सम्झौता बाहिर आएको हो ।

पछिल्लो घोषणामा किशिदा र अल्बानीजले पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेले वकालत गरेको ‘स्वतन्त्र र खुला हिन्द प्रशान्त’ को महत्त्वबारे पुनः पुष्टि गर्ने अभिव्यक्ती दिएका छन् ।

सी तेस्रो कार्यकालका लागि चयन भएपछि चीनको कूटनीतिक नीति कसरी परिवर्तन हुन सक्छ भन्ने अध्ययनको विषय भएकाले दुई नेताले सो घोषणामा उक्त विषयलाई कूटनीतिक रूपमा सम्बोधन गरिने जनाएका छन् ।

सन् २००७ मा तत्कालिन जापानी प्रधानमन्त्री आबे र तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डले ‘साझा रणनीतिक चासो र सुरक्षा’ लाई मान्यता दिने दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

अष्ट्रेलियाको यात्रा अघि किशिदाले शुक्रबार जापानको राजधानी टोकियोमा पत्रकारहरूसँग जापानका लागि अष्ट्रेलिया महत्त्वपूर्ण राष्ट्र रहेको र जापानले अष्टे«लियासँग स्वतन्त्रता र लोकतन्त्रका साथै रणनीतिक हितजस्ता विश्वव्यापी मूल्य मान्यतामा साझा विचार आदान प्रदान गर्ने टिप्पणी गरेका थिए ।

क्योदो समाचार संस्थाका अनुसार जापानले अष्ट्रेलियाबाट प्राकृतिक ग्यास, फलाम र अन्य अत्यावश्यक स्रोतहरू आयात गर्ने गर्छ ।

यसअघि सिंगापुर पोस्टले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र सिङ्गापुरले आफ्नो सैन्य बजेट र खर्च बढाउँदै आएको उल्लेख गरेको थियो ।

चीनले दियाओउ भन्ने गरेको सेन्काकु टापु समूहमा चिनियाँ दाबीप्रति जापानी पक्षले पहिलेबाट नै असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

सन् २०१८ पछि जापानी प्रधानमन्त्री किशिदाको यो पहिलो अष्ट्रेलिया भ्रमण हो । उनले जनवरीमा अष्ट्रेलिया भ्रमण गर्ने योजना बर्नाका थिए । यद्यपि कोभिड–१९ महामारीपछि उनको भ्रमण रद्द गरिएको थियो । किशिदा अक्टोबर २०२१ मा प्रधानमन्त्री बनेका थिए ।

अल्बानीजले पदभार ग्रहण गरेलगत्तै आयोजित क्वाड शिखर सम्मेलनका लागि गत मे महिनामा जापानको भ्रमण गरेका थिए । सेप्टेम्बर महिनाको अन्त्यमा उनी आबेको राजकीय अन्त्येष्टिमा भाग लिन टोकियोको यात्रामा निस्केका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ०५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक