चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई कम्युनिष्ट पार्टीको अधिवेशनबाट जबरजस्ती निकालियो (भिडियोसहित) « Khabarhub

चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई कम्युनिष्ट पार्टीको अधिवेशनबाट जबरजस्ती निकालियो (भिडियोसहित)


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट जबरजस्ती बाहिर निकालिएको छ ।

महाधिवेशनको समापन सत्रका क्रममा वर्तमान राष्ट्रपति सी जिन्पिङसँगै रहेका जिन्ताओलाई चिनियाँ अधिकारीले जबरजस्ती उठाएर अन्यत्र लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

भिडियोमा ७९ वर्षीय पूर्वराष्ट्रपति हुलाई कसैले उनको मञ्जुरीबिना जबरजस्ती उठाएर लगेको देख्न सकिन्छ । उनलाई जबरजस्ती महाधिवेशनबाट अधिकारीले उठाउँदै गर्दा उनीसँगै बसेका राष्ट्रपति सी उनलाई हेरिरहेको देखिन्छन् ।

पछि उनी आफैँ उठेर जान मञ्जुर हुन्छन् । जानेबेला उनले सीलाई केही भनिरहेको देख्न सकिन्छ । जवाफमा राष्ट्रपति सीले टाउको हल्लाउँछन् ।

उनलाई महाधिवेशनको समापन सत्रबाट जबरजस्ती किन अन्यत्र लगियो भन्नेबारे केही खुलाइएको छैन ।

उनी सन् २००३ देखि सन् २०१३ सम्म चीनको राष्ट्रपति रहेका थिए । वर्तमान राष्ट्रपति सी जिन्पङलाई कम्युनिष्ट पार्टीले ऐतिहासिक तेस्रो कार्यकालका लागि पुनः चयन गर्ने अपेक्षाबीच पूर्व राष्ट्रपतिलाई महाधिवेशनबाट जबरजस्ती बाहिर निकालिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : २३ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा