फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षाबारे प्रशिक्षण दिने भारतको प्रस्ताव « Khabarhub

फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षाबारे प्रशिक्षण दिने भारतको प्रस्ताव


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सको सेनालाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन आफू तयार रहेको भारतले जनाएको छ ।

फिलिपिन्सका लागि भारतीय राजदूत शम्भु कमारणले फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन भारत तयार रहेको जनाएका हुन् ।

फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागका उपसचिव होजे फाउत्सिनोसँगको कुराकानीका क्रममा राजदूत कुमारणले सैनिक प्रशिक्षणसम्बन्धी प्रस्ताव राखेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

जवाफमा फाउत्सिनाले हिन्द प्रशान्त क्षेत्रमा भारत फिलिलिन्सिको महत्वपूर्ण साझेदार रहेको बताएका थिए । उनले उच्चस्तरीय वार्ता, शिक्षा एवम् प्रशिक्षण आदान प्रदान, सूचना साझा, रक्षा एवम् बन्दोबस्ती उद्योगको साझेदारीका विषयमा दुई मुलुकबीच कायम रक्षा साझेदारीलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका थिए ।

उनले फिलिपिन्सको राजधानी मनिलामा भारतीय रक्षा दूतलाई स्वागत गर्न समेत आफू उत्सुक रहेको प्रतिक्रिया दिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ४७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित