अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई « Khabarhub

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा खानीखोलाले महाभारत गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पनौती नगरपालिका–२ धाराचौर खेल मैदानमा सम्पन्न फाइनलमा खानीखोलाले महाभारतलाई २६–२४, २५–१ र २५–१९ अङ्कले हराएको हो । उक्त खेलमा खानीखोलाका मनराज आलेमगर ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा खानीखोला र महाभारत गाउँपालिका आ–आफ्नो खेलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा खानीखोलाले पनौती नगरपालिका र महाभारतले बेथानचोक गाउँपालिकालाई पराजित गरेको थियो ।

पनौती नगरपालिका–२ द्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा, वडाध्यक्ष एवं प्रयोगियोगिता संयोजक पुरुषोत्तम अधिकारीलगायतले प्रथम, द्वितीय तथा तृतीय टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रथम हुने टोलीलाई रु ५५ हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो, चौथोलगायत विभिन्न विधाका उत्कृष्टलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ४६ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार