आक्रामक स्ट्राइकरको बाध्यतात्मक बहिर्गमन | Khabarhub Khabarhub

विश्वकप फूटबल

आक्रामक स्ट्राइकरको बाध्यतात्मक बहिर्गमन

जसलाई चोटले धोका दियो, कतार विश्वकपले च्याम्पियन अफ्रिकन गुमायो


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सेनगलका मेनेजर एलियु सिसेले स्टार खेलाडी साडियो मानेको उपस्थितिले विश्वकप नै खल्लो बनाएको प्रतिक्रिया दिएका छन्। मानेको अनुपस्थितिका बाबजुद मेनेजरले सबै चुनौती स्वीकार गर्न आफू तयार भएको प्रतिक्रिया दिएका छन्। वायरन म्युनिखका स्टार मानेले चोटका कारण खेल गुमाएका हुन्। ‘मलाई लाग्छ, यस घटनाले म मात्र होइन संसारका फुटबल खेलाडी द्ःखी भएका छन्,’ सिसेले भने।

उनले अफ्रिकी देश सेनेगलको प्रतिनिधित्व मानेले गरे पनि संसारभरका खेलाडीको भावना समेटेको बताएका छन्। सबैले संसारका उत्कृष्ट खेलाडी जम्मा गरेर आफ्नो टोली निर्माण गर्ने हो। हामीले पनि त्यसै गर्ने हो।

नेदरल्यान्ड्सका कप्तान भर्गील भान डिजिकले पनि आफ्ना लिभरपुलका पुराना सहकर्मी मानेसँग फोनमा कुरा गरेको बताए। डिजिकले पनि माने मेहनती खेलाडी भएको बताउँदै उनको उपस्थिति साँच्चै महत्त्वपूर्ण हुने बताए। मानेको अनुपस्थिति सेनेगलका लागि ठुलो धक्का महसुस हुनसक्ने छ।

पश्चिम अफ्रिकी फुटबलका आदर्श पात्र मानेले घुँडाको शल्यक्रिया गरेका छन्। यस वर्षको बालोन डी ओरको रेसमा दोस्रो स्थानमा रहेका मानेले विश्वकपका लागि सबै तयारी गरेको अफ्रिकन फुटबलर अफ द इयर अल हाड्जी डियाफले बताएका छन्। डियाफले माने फेरि खेलमा फर्कने समयमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्। अफ्रिकन च्याम्पियन सेनेगलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० को पराजय भोगिसकेका छन्।

मानेको बर्हिगमनलाई कतिपयले ठूलो चोटको संज्ञा दिएका छन्। यसै गरेर देशका राष्ट्रपति माकी सालले ट्विट गर्दै जत्ति सक्दो चाँडो खेलमा फर्कनका लागि कामना गरेका छन्। टोलीका मिडफिल्डर मामाडाउ लुओव नी डायसले मानेको अनुपस्थितिमा पनि शत प्रतिशत दिने बताएका छन्।

सन् २००२ मा पनि सेनेगलले साविक विजेता फ्रान्सलाई हराएर विश्वकपको सुरुवात गरेको थियो। ठुला शक्तिलाई हराएर यसरी तहल्का मच्चाउने गरेका कुनै पनि अफ्रिकी शक्तिको लामो समय प्रभाव भने देखिएको छैन।

फेब्रुअरीमा सेनेगलले पहिलो पटक अफ्रिकी नेसन्स कप जित्दा या त्यसको एक महिनापछि विश्वकप छनोट खेलमा सफलता पाउँदा माने टोलीका प्रमुख खेलाडी थिए। ती नै माने विनाको विश्वकप यात्राको पहिलो खेलमा डच टोली पराजित भएको छ। अबको यात्रा इक्वेडर र आयोजक कतारबीचको खेल निर्धारण गर्ने छ।

सन् १९९० को विश्वकपको उद्घाटन खेलमा साबिक विजेताको रूपमा खेलेको अर्जेन्टिनालाई हराएर क्यामरुनले सनसनी फैलाएपछि अफ्रिकी फुटबलप्रति संसारको चासो बढेको थियो। सन् २००२ मा पनि सेनेगलले साविक विजेता फ्रान्सलाई हराएर विश्वकपको सुरुवात गरेको थियो। ठुला शक्तिलाई हराएर यसरी तहल्का मच्चाउने गरेका कुनै पनि अफ्रिकी शक्तिको लामो समय प्रभाव भने देखिएको छैन।

विगतमा क्यामरुन, नाइजेरिया र घानाले पनि समय समयमा यस्तै प्रभाव देखाउने गरेका थिए। यस विश्वकपमा भने साने प्रति धेरैको चासो सेनेगलको प्रदर्शन र उनको स्तरका कारण मात्र होइन।

मानेले संघषपूर्ण जीवन बिताएका थिए। बाल्यकालदेखि नै कठोर सङ्घर्ष गरेका मानेले त्यो हैसियत कहिल्यै बिर्सेनन्। यस कारण उनी अहिले जत्तिसुकै सम्पन्न भए पनि त्यो देखाउन चाहँदैनन्। उनकै भाषामा उनी आफ्नो जीवनको वास्तविक हैसियत बिर्सन चाहँदैनन्। उनले आफूले प्रतिनिधित्व गर्ने वर्ग प्रति आत्मीयता देखाउने भन्दै निजी विमान किनेका छैनन्। अन्य विमानमा उनी हिँड्ने गरेका छन्।

उनी रेन्ज रोभर कार भने प्रयोग गर्ने गरेका छन्। मानेलाई संसारकै बलियो फुटबल खेलाडीको रूपमा चित्रण गरिन्छ। खाद्य अनुसन्धानमा सचेत भएकै कारण उनी यत्ति धेरै बलियो भएको बताइन्छ। उनले खाना बनाउने हकमा दाल मात्र राम्रोसँग पकाउने गरेको बताउँछन् ।

सम्पन्नताका बाबजुद सामान्य पहिरनमा रमाउने उनको अर्को आदत हो। यसै आदतका कारण उनका समर्थकको सम्मान अझ धेरै बढेको छ। युरोपमा एक दशक भन्दा बढी समय बिताइ सकेका उनले लुगा अफ्रिकी फेसन अनुसार नै प्रयोग गर्ने गरेका छन्।

माने राजधानी डाकार भन्दा अलिकति पर बमबाली भन्ने स्थानमा हुर्किएका थिए। १५ वर्षको कलिलो उमेरमा व्यावसायिक फुटबलर बन्ने चाहनालाई लिएर उनी घरबाट भागेर हिँडेका थिए। यो स्टारडमका बाबजुद उनले अहिलेसम्मको यात्रा तथा त्यस समयको वास्तविक अवस्थालाई भने भुल्ने गरेका छन्।

कोरोना महामारी सुरु हुने बित्तिकै उनले सरकारलाई महामारी नियन्त्रणका लागि ४१ हजार अमेरिकी डलर प्रदान गरेका थिए। बमबालीको विकासमा त उनले धेरै काम गरेका छन्। त्यस भन्दा स्वास्थ्य क्षेत्र उनको चासो र प्राथमिकताका विषय हुन्।

उनले त्यहाँ चार लाख ५५ हजार अमेरिकी डलर बराबरको खर्चमा अस्पताल बनाएका छन्। मानेले गाउँवासीका लागि बनाइदिएको अस्पतालमा प्रसूति गृहको समेत व्यवस्था गरिएको छ।

सेनेगल इतिहासका कीर्तिमानी गोलकर्ता मानेले जीवनमा आवश्यक सबै कुरा पाइसकेको बताएका थिए । विश्वकप जित्ने उनको चाहना अधुरो भएको छ । अहिले ३० वर्ष पुरा भएका उनको यो चाहना सायद कहिले पनि पुरा हुँदैन।

माने बच्चा हुँदा नै उनको बाबुको ज्यान गएको थियो। बाबुले राज्यको कमजोर स्वास्थ्य सुविधाका कारण ज्यान गुमाएका उनको बाल्यकाल कठिन भएको थियो। उनलाई आमा अस्पताल जाने सुविधा नभएकै कारण घरमै बहिनी जन्मिएका पनि बताउँछन्। यसै कारण उनको चाहना थियो।

कमजोर स्वास्थ्य संयन्त्रकै कारण धेरै जना बच्चा पाउने समयमा नै ज्यान गुमाउनु सेनेगलको नियति नै हो। १ लाख जना सुत्केरी हुँदा ३ सय १५ जनाको त ज्यान नै जाने गरेको छ। सेनगलका अन्य ग्रामीण भेगमा सुत्केरी बिरामीकै कारण ज्यान गए पनि मानेको गाउँमा त्यो हुन सकेको छैन।

उनले त्यहाँको विद्यालयलाई आर्थिक सहयोग पनि त्यसै अनुरूप गर्ने गरेका छन्। साथै उनको गाउँका विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति पनि दिने गरेका छन्। गाउँमा लत्ता कपडा सहयोग गर्ने उनले स्पोर्ट्स वेयरलाई ध्यान दिएका छन्।

गाउँमा आफैले पेट्रोल स्टेसन बनाइदिएका मानेले प्रत्येक घरलाई महिनाको ७० अमेरिकी डलर सहयोग गर्ने गरेका छन् साथै उनले फोर जी इन्टरनेट पनि प्रदान गर्ने गरेका छन्। सेनेगलको त्यो बस्तीमा मानेलाई अहिले पनि ठूलो आदर्श मान्ने गरिएको छ।

सेनेगल इतिहासका कीर्तिमानी गोलकर्ता मानेले जीवनमा आवश्यक सबै कुरा पाइसकेको बताएका थिए । विश्वकप जित्ने उनको चाहना अधुरो भएको छ । अहिले ३० वर्ष पुरा भएका उनको यो चाहना सायद कहिले पनि पुरा हुँदैन।

कतार विश्वकप अन्य धेरै जना स्टारले गुमाउने छन्। तर, यिनको अभाव साँच्चै धेरैलाई खट्किने गर्छ। जसको छवि राम्रो खेलाडी मात्र होइन, एक असल व्यक्तिको रूपमा पनि बनेको थियो।

(स्रोत : बीबीसी, लिभरपुल एफसी)

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : २७ बजे

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले