सिन्धुली-२ मा गठबन्धनको अग्रता कायमै | Khabarhub Khabarhub

सिन्धुली-२ मा गठबन्धनको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् । हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हुँदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेका मनोजजङ्ग थापाले चार हजार दुई सय एक मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भरतकुमार दाहालले जानकारी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले ५६, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजुले दुई,  तामाङसालिङ लोकतान्त्रिक पार्टीका डिल्लीकुमार गोलेले १८, मङ्गोल नेसनल अर्गनाइजेसनका शान्तवीर लामाले ६३,  जनसमाजवादी पार्टी नेपालका योग्यबहादुर मुडुला कार्कीले १७,  राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले ८४ र स्वतन्त्र उम्मेदवार भूपेन्द्र विश्वकर्माले ४४ मत पाएका छन् । चार हजार ४५ मत बदर भएको छ ।

    प्रदेशसभा सदस्यतर्फ

हालसम्म निर्वाचन क्षेत्र नं २ ९१० तर्फ १२ हजार दुई सय ६९ मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोदकुमार खड्काले चार हजार एक सय ३६, नेपाली कांग्रेसका छेत्रबहादुर बम्जनले सात हजार दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले तीन सय १४, नेपाल मजदुर किसान पार्टीकी संगीता दुवालले ४१ र मङ्गोल नेसनल अर्गनाइजेसनका वोजनकुमार वलले एक सय ३३ मत प्राप्त गर्दा तीन सय ८० मत बदर भएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ ९२० तर्फ  १० हजार सात सय ६७ मत गणना हुँदा एमालेका रामकुमार पौडेलले चार हजार तीन सय ३०, नेकपा (माओवादी केन्द्र) का गङ्गानारायण श्रेष्ठले पाँच हजार आठ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले ९१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले १३, मङ्गोल नेसनल अर्गनाइजेसनका तुलसी राईले ९०, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले २० मत प्राप्त गरेका छन् । जसमा तीन सय ७१ मत बदर भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : २१ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक