क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा « Khabarhub

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने बताइएको छ । कार्नी आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन नेता हुन् । गत अक्टोबरमा दक्षिण कोरियामा भएको एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो ।

कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गरेका थिए । सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा दुई क्यानेडियालीलाई चीनले जवाफी कारबाहीमा हिरासतमा लिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

हालैका वर्षहरूमा चीनले क्यानाडाको चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ । सीबाहेक कार्नीले प्रधानमन्त्री ली चियाङ र व्यापारिक नेताहरूसँग व्यापार वार्ताका लागि भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्व दिने बताएको थियो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : ३१ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।