‘ह्याट्रिक’ जितले गगनलाई प्रधानमन्त्री बनाउँला ? | Khabarhub Khabarhub

चुनावी चर्चा र विश्लेषण

‘ह्याट्रिक’ जितले गगनलाई प्रधानमन्त्री बनाउँला ?

कांग्रेसमा संसदीय दलको चुनाव जित्ने सम्भावना कति ?


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गगन थापा पछिल्लो समय नेपाली राजनीतिका सबैभन्दा प्रखर वक्ता हुन् । रेडियो र टेलिभिजन पत्रकारिता समेत गरेका गगन थापा बोल्न जति सिपालु छन्, राजनीति गर्न त्यत्तिकै सक्रिय छन् । त्यही सक्रियताले उनलाई काठमाडौँ ४ मा यसपटक ‘ह्याट्रिक’ जित दिलाएको छ ।

यसअघि २०७० साल र २०७४ सालको चुनाव जितेका गगन थापाले यसपटक प्रधानमन्त्री बन्नका लागि भोट मागेका थिए । भावी प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिएको बताउने गगन थापाले सांसद बने लगत्तै संसदीय दलको नेता बन्नका लागि तयारी बन्ने घोषणा गरेका थिए ।

अहिले युवाहरुले आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको भन्दै गगनले प्रधानमन्त्रीका लागि दाबी गरेका छन् । भावी प्रधानमन्त्रीका लागि देउवा, प्रचण्डले दाबी गरेका बेला यसपटकको चुनावी मतपरिणामले युवा प्रधानमन्त्रीका रुपमा गगनको सम्भावना बढाएको छ ।

यद्यपी संसदीय राजनीतिले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने कुरा सत्ता र शक्तिको रस्साकस्सीले तय गर्छ । संसदीय दलको चुनावमा यसपटक कांग्रेस सभापति शेरबहादुर देउवा र गगनबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

देउवा फेरि प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुने पक्कापक्की भएपछि गगनको ठूलो चुनौति खडा भएको छ । यतिबेला रवि लामिछानेको उदयले गर्दा पनि कांग्रेसभित्रै देउवा कित्ताका नेताहरु गगन थापाको कित्तामा आउने सम्भावना बढेको छ ।

यद्यपी गगनको यसपटकको दाबीले धेरै बल मिलेको छ । नेपाली कांग्रेस वृत्तमा पनि अब गगनको दाबीले बल पुग्ने देखिन्छ ।

महामन्त्रीसमेत रहेका दुवै गगन थापा र विश्वप्रकाश शर्माको जितले पनि अब कांग्रेसभित्रै गगनको प्रधानमन्त्री दाबेदारीले पकड जमाउने भएको छ । काठमाडौँमा लगातार जित निकालेर ह्याट्रिक गरेका गगन थापा के अब प्रधानमन्त्री बन्न सक्लान ? यो प्रश्नले जति धेरै आशा र सम्भावना बनाएको छ, त्यति नै गगनको दाबेदारीले मार्गनिर्देशन गरेको छ ।

यसपटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका धेरैजसो युवा सांसद, कांग्रेसका युवा सांसद र देशका नागरिकले चाहेको परिवर्तनलाई आत्मसात गर्ने हो भने अबको पाँच वर्षभित्रै वा पाँच वर्षपछि गगन थापा प्रधानमन्त्री बन्ने पक्का छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४६ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’