‘ह्याट्रिक’ जितले गगनलाई प्रधानमन्त्री बनाउँला ? « Khabarhub

चुनावी चर्चा र विश्लेषण

‘ह्याट्रिक’ जितले गगनलाई प्रधानमन्त्री बनाउँला ?

कांग्रेसमा संसदीय दलको चुनाव जित्ने सम्भावना कति ?


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गगन थापा पछिल्लो समय नेपाली राजनीतिका सबैभन्दा प्रखर वक्ता हुन् । रेडियो र टेलिभिजन पत्रकारिता समेत गरेका गगन थापा बोल्न जति सिपालु छन्, राजनीति गर्न त्यत्तिकै सक्रिय छन् । त्यही सक्रियताले उनलाई काठमाडौँ ४ मा यसपटक ‘ह्याट्रिक’ जित दिलाएको छ ।

यसअघि २०७० साल र २०७४ सालको चुनाव जितेका गगन थापाले यसपटक प्रधानमन्त्री बन्नका लागि भोट मागेका थिए । भावी प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिएको बताउने गगन थापाले सांसद बने लगत्तै संसदीय दलको नेता बन्नका लागि तयारी बन्ने घोषणा गरेका थिए ।

अहिले युवाहरुले आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको भन्दै गगनले प्रधानमन्त्रीका लागि दाबी गरेका छन् । भावी प्रधानमन्त्रीका लागि देउवा, प्रचण्डले दाबी गरेका बेला यसपटकको चुनावी मतपरिणामले युवा प्रधानमन्त्रीका रुपमा गगनको सम्भावना बढाएको छ ।

यद्यपी संसदीय राजनीतिले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने कुरा सत्ता र शक्तिको रस्साकस्सीले तय गर्छ । संसदीय दलको चुनावमा यसपटक कांग्रेस सभापति शेरबहादुर देउवा र गगनबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

देउवा फेरि प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुने पक्कापक्की भएपछि गगनको ठूलो चुनौति खडा भएको छ । यतिबेला रवि लामिछानेको उदयले गर्दा पनि कांग्रेसभित्रै देउवा कित्ताका नेताहरु गगन थापाको कित्तामा आउने सम्भावना बढेको छ ।

यद्यपी गगनको यसपटकको दाबीले धेरै बल मिलेको छ । नेपाली कांग्रेस वृत्तमा पनि अब गगनको दाबीले बल पुग्ने देखिन्छ ।

महामन्त्रीसमेत रहेका दुवै गगन थापा र विश्वप्रकाश शर्माको जितले पनि अब कांग्रेसभित्रै गगनको प्रधानमन्त्री दाबेदारीले पकड जमाउने भएको छ । काठमाडौँमा लगातार जित निकालेर ह्याट्रिक गरेका गगन थापा के अब प्रधानमन्त्री बन्न सक्लान ? यो प्रश्नले जति धेरै आशा र सम्भावना बनाएको छ, त्यति नै गगनको दाबेदारीले मार्गनिर्देशन गरेको छ ।

यसपटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका धेरैजसो युवा सांसद, कांग्रेसका युवा सांसद र देशका नागरिकले चाहेको परिवर्तनलाई आत्मसात गर्ने हो भने अबको पाँच वर्षभित्रै वा पाँच वर्षपछि गगन थापा प्रधानमन्त्री बन्ने पक्का छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४६ बजे

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा ख्याल गर्न प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु