मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प « Khabarhub

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि मुस्ताङका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।

सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि स्थापना गरिएको सेनाको सुरक्षा बेस क्याम्पबाट मुस्ताङमा २४ घण्टामा दुईपटक सेनाले गस्ती गर्न थालेको छ । यहाँ सेनाले निर्वाचन सुरक्षाको वातावरणलाई कायम राख्न हतियारसहित सेनाको टोलीले मुख्य बजार तथा ग्रामीण क्षेत्रमा गस्ती गर्न थालेको हो । सेनाले दिन र रातको समयमा निन्तर निर्वाचन सुरक्षा गस्ती गर्न थालेका हुन् ।

इन्द्रबक्स गणका अनुसार माथिल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङस्थित थुर्लङ फाँटमा रहेको निर्वाचन सुरक्षा बेसले र तल्लो क्षेत्रमा इन्द्रबक्स गणस्थित निर्वाचन क्षेत्रले सुरक्षा गस्ती गर्नेगरी कार्यक्षेत्र विभाजन गरिएको छ ।

योसँगै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न माथिल्लो मुस्ताङस्थित सैनिक निर्वाचन सुरक्षा बेसले निरन्तर गस्ती गर्न थालेको जनाइएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पनि माथिल्लो मुस्ताङको चराङमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यहाँ एक जना सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २४ जना सशस्त्र र बाँकी ११ जना निर्वाचन प्रहरी खटाउनेगरी ३५ जना सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा टोली तैनाथ गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले २३५ जना र २६६ जना निर्वाचन प्रहरी परिचालन गर्ने जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाभित्र र जिल्ला बाहिरबाट यहाँ छनोट भएका निर्वाचन प्रहरीको २८ माघसम्म अनुशिक्षण तालिम सञ्चालन हुने र त्यसपछि जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी युनिटमा खटाइने जानकारी दिए । खटिएका प्रहरी सुरक्षाकर्मीले मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा तथा नियमित गस्ती गर्ने कार्यलाई तीव्रता दिने जनाएको छ ।

आसन्न निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ मतदान केन्द्र कायम छन् । पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुस्ताङमा आठ राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । (रासस)

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : ३४ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर