स्थगित गरिएको दाङ २ को मतगणना पुनः सुरु « Khabarhub

स्थगित गरिएको दाङ २ को मतगणना पुनः सुरु


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– दाङ २ को मतगणना अहिले सुचारु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । मतको विषयमा निर्णय गर्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएअनुसार सो निर्णय गरिएको हो । मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुनबमोजिम कारबाही हुने पनि उनले बताए ।

८८ वटा मतपत्रमध्ये माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । मतगणना स्थलमा रहेका राजनीतिक दलले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।

हस्ताक्षर नगरिएका मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । ‘निर्वाचन अधिकृतका हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएपछि अनौपचारिक रुपमा मतगणना स्थगित भएको जस्तो भयो, त्यसपछि मैले निर्वाचन आयोगसँग समन्वय गरें,’ उनले भने । हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई छानबिन गरेर कारबाही गर्ने उनले बताए ।

हालसम्मको मत परिणाम अनुसार दाङ २ मा एमालेका उम्मेदवार शंकर पोखरेलले पाँच हजार ९३९ मत ल्याउँदा माओवादी केन्द्रकी रेखा शर्माले सात हजार ५११ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : १४ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ