भक्तपुर-१ मा एमाले, २ मा कांग्रेसको अग्रता « Khabarhub

भक्तपुर-१ मा एमाले, २ मा कांग्रेसको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको  क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन् ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा  मतपरिणाम अनुसार थापाले १४ हजार ८५ मत प्राप्त गरेका छन् भने एमालेका बस्नेतले १३ हजार ३५ मतले पछ्याएका निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए।  

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले दुई हजार नौ सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार नौ सय १८,  राष्ट्रियता प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार ७५ मत प्राप्त गरेका छन् । त्यसैगरी क्षेत्र नं १ मा १७ हजार छ सय ६४ मतगणना हुँदा एमालेका उम्मेदवार नवराज गेलालले पाँच हजार सात सय ९९ मतले अग्रता लिएका छन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पाँच हजार ६२ मतले पछ्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले तीन हजार दुई सय १५ र  नेकपा (माओवादी केन्द्र) कासुनिल गोठे वासुले दुई हजार एक सय ५२ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं २ (क) मा आज आठ हजार एक सय ६३ मतगणना हुँदा नेकपा एमालेका किरण थापामगरले तीन हजार तीन सय ६२ मत प्राप्त गरी अग्रता कायम गरेकोमा कांग्रेसका विष्णुराज कार्कीले दुई हजार सात सय ९५ मतले पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका विक्रम थापाको नौ सय ४७, नेमकिपाका सरोजराज गोसाईले छ सय ८० मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : २५ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै