कमल थापाभन्दा डिनाको अग्रता, २ मा बर्तौला अगाडि « Khabarhub

कमल थापाभन्दा डिनाको अग्रता, २ मा बर्तौला अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मकवानपुरबाट प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ मा सत्ता गठबन्धनको अग्रता कायम रहेको छ।

हालसम्म ११ हजार ४६ मत गन्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ मत ल्याएर अग्रस्थानमा छिन् । दोस्रो स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन हजार छ सय ९५ मत ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले १०१० मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं २ मा आठ हजार सात सय ९६ मत गणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले चार हजार आठ सय ५४ मत प्राप्त गरी अग्रता लिएका छन् ।

दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले चार हजार चार सय ४३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले ११८७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : २९ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै